खाद्य र कृषिका लागि भएको प्रयास पर्याप्त छैन : मन्त्री अधिकारी
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका हुन् ।
अधिकारीले कृषि उत्पादनका लागि सामग्री उपलब्ध नरहेको बताए । 'किसानले समयमा मलखाद, बिउ न पाउने समस्या विगतबाट हुँदै आएको छ,' उनेले भने,'हामीले यो विषयमा धेरै काम गर्ने बाँकी छ ।'
मन्त्रीले लगानी दशक घोषणा अनुसार कार्ययोजना तयार गरी रहेको बताए । उनले भने, '२०८१ देखि २०९१सम्म राज्यले कृषि लगानी दशक घोषण गरेको छ र यसलाई सार्थक बनाउन मन्त्रालयले आवश्यक तयारी गरेको छ।'
कृषिमा आवश्यक भन्दा कम लगानी रहेकाले यसलाई प्रोत्साहन गर्न पर्ने तर्क राखे । उनले हालको दशकमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरणका सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण