उपसभामुखबारे गोकुल बास्कोटा : प्रश्न उठेपछि मैल राजीनामा दिएको थिएँ
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए ।
उनले भने,‘बालबालिका वा अन्य मान्छेहरू अमेरिका पठाउने सन्दर्भमा उपसभामुखबारे प्रश्न उठ्यो । केही साथीहरूले उहाँको बारेमा प्रश्न उठाउन हुँदैन, लोकतन्त्रको चीरहरण हुन्छ भन्नुभयो, तर मेरो सामान्य ज्ञानले के भन्छ भने, सबैमाथि प्रश्न उठाउन पाइन्छ र जसलाई नैतिकताको कसीमा जाँचिनु छ भने त्यसलाई चुनौती दिन, अरूलाई गलत प्रमाणित पनि लोकतन्त्रमा कानुनीराजमा हुन्छ । मेरो उपसभामुखलाई सामान्य सुझाव छ, संसदमा पटक पटक प्रश्न उठेपछि जवाफ दिनुपर्छ । ममाथि प्रश्न उठेपछि मैले पदबाट राजीनामा गरेको थिएँ । दोषी भए प्रमाणित गरियोस्, गल्ती भएका तत्थयका आधारमा कारबाही गरियोस् ।’
उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण