लिग–२ शृङ्खलाका लागि जगत टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जगत टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनले यसअघि पनि लामो समय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
नेपाली क्रिकेट टोलीले निकट भविष्यमा क्यानडा र अमेरिकामा आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्दैछ । उक्त शृङ्खलामा टमाटाले कन्सल्टेन्ट प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।
क्यानका सचिव पारस खड्काले क्यानडा र अमेरिकामा हुने क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खलाका लागि टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिइएको बताए ।
लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गर्न क्यानद्वारा मंगलबार आयोजित कार्यक्रममा पनि टमाटा उपस्थित थिए । नेपाली टोली मंगलबार राति नै क्यानडातर्फ प्रस्थान गर्दैछ ।
‘राष्ट्रिय टोली अब करिब दुई महिना देश बाहिर रहने छ । क्यानडा र अमेरिकामा हुने लिग–२ प्रतियोगिताका लागि जगत टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिइएको छ,’ पारसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण