पाकिस्तानको रेमिट्यान्स ४० प्रतिशतले वृद्धि
मङ्गलबार, २५ भदौ २०८१, २१ : ३८
इस्लामावाद । पाकिस्तानमा विप्रेषण आप्रवाह ४० प्रतिशतले बढेको छ । स्टेट बैङ्क अफ पाकिस्तानले गत वर्षको अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४० दशमलव पाँच प्रतिशतले बढेको जनाएको छ ।
बैंकका अनुसार सन् २०२४ मा दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको विप्रेषण भित्रिएको छ । गत महिना साउदी अरबबाट ७१३ दशमलव एक मिलियन डलर, संयुक्त अरब इमिरेट्सबाट ५३८ दशमलव चार मिलियन डलर, बेलायतबाट ४७४ दशमलव ८ मिलियन डलर र अमेरिकाबाट ३२२ दशमलव ४ मिलियन डलर विप्रेषण आएको बैङ्कले जनाएको छ ।
विदेशमा रहेका कामदारले पठाएको विप्रेषणको पाकिस्तानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । पाकिस्तानले प्राप्त गर्ने विदेशी मुद्राको प्रमुख स्रोतमा विप्रेषण पनि एक हो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण