नेदरल्याण्ड्स र जर्मनीले अंक बाँडे
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्ड्स र जर्मनीले अंक बाँडेका छन् । समूह ३ अन्तर्गतको दोस्रो चरणको खेलमा जर्मनी र नेदरल्याण्ड्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
नेदरल्याण्ड्सले सुरुमै अग्रता लिए पनि त्यो जोगाउन असफल भयो । दोस्रो मिनेटमै टिजानी रिजेन्डर्सले रियान गार्भेनबर्गको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
३८ औँ मिनेटमाजर्मनीका डेनिजउनडेभले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा उनडेभकै पासमा जोसु किमिचले गोल गरेपछि जर्मनीले पहिलो हाफको अन्त्यमा २–१ को अग्रता बनाउन सफल भयो ।
तर, ५० औँ मिनेटमा नेदरल्याण्ड्सका डेनियल डमफेरिसले ब्रेन ब्रोबेइको पासमागोल गर्दै २–२ को बराबरी गर्न सफल भए ।
त्यसपछि दुवै टोलीबाट गोल नभएपछि एक एक अंक लिए । यही समूहमा रहेका हंगेरी र बोस्नियाहर्ज गोभिनाले पनि गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका छन् ।
सबै टिमले दुई दुई खेल खेल्दा जर्मनी र नेदरल्याण्ड्स समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । बोस्नियाहर्ज गोभिना र हंगेरी एक एक अंकका साथ तालिकाको तेस्रो र चौथो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण