कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तानहेरि केनको १०० औँ क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए । ५७औँ मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।
उनै केनले ७६ औँ मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्याण्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध २०१६ को युरो क्वालिफायिङमा डेब्यु गरेका थिए ।
यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ ।
ग्रीकका लागि फोटिस इओन्डिसले गोल गर्दै ५० औँ मिनेटमा गोलको खडेरी तोडेका थिए । ८७औँ मिनेटमा क्रिष्टोस टोजिल्सले गोल गर्दै ग्रीकलाई २–० को जीत दिलाए ।
जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन् । आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण