फिल्म अभिनय गर्दै पूर्वमिस नेपाल उषा
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी पनि फिल्म अभिनयमा देखिने भएकी छन् । अभिनेता राजेश हमालको कम ब्याक फिल्म ‘नरसिंहा अवतार’ बाट उनी अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन् ।
निर्देशक तथा लेखक दीवाकर भट्टराईले फिल्मको महत्त्वपूर्ण भूमिकामा उषालाई अनुबन्ध गरेको जानकारी दिए । उनको जोडी को भने उनले अहिले खुलाउन चाहेनन् । फिल्मलाई लिएर उषा भने निकै उत्साहित देखिएकी छन् ।
मिस नेपाल बनेको २४ वर्षपछि उनी फिल्ममा डेब्यु गर्न लागेकी हुन् । केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गरिसकेकी उनले थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छन् ।
उदितनारायण झाको चर्चित गीत ‘कहिले तिम्रो पछ्यौरीमा अल्झे’ उनले खेलेको चर्चित म्युजिक भिडियो मध्यको एक हो । २०७४ सालमा उनले ‘आउँदै जाँदै’ भन्ने शीर्षकमा फिल्मको निर्माण घोषणा समेत गरेकी थिइन् ।
भदौ अन्तिमबाट छायाङ्कनको तयारी गरिएको ‘नरसिंहा अवतार’ मा हमाल र उषासँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण