देशभर डेंगुबाट संक्रमित संख्या ८,१५९ पुग्यो, पाँच जनाको मृत्यु
काठमाडौँ । देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर डेंगु संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । सो संख्या माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सङ्क्रमितको हो ।
ईडीसीडीका अनुसार ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा डेंगु फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार ८६३ जना गण्डकीमा रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा २ हजार ७४ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ९४४ जना, मधेसमा १४० जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५५६ जना, कर्णालीमा ११८ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४६४जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण