नेपाल बैंकले सञ्चालनमा ल्यायो नगद निक्षेप मेसिन
बुधबार, २६ भदौ २०८१, २१ : ५०

काठमाडौँ । नेपाल बैंकले आफ्नो पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ । राजधानीको न्युरोडमा रहेको आफ्नो मुख्य शाखा अफिसमा बैंकले उक्त नगद निक्षेप मेसिन उद्घाटन गरेको हो ।
मेसिनको समुद्घाटनबारे जानकारी दिन बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको उल्लेख छ । बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने समेत जनाएको छ ।
हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना