बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा तामाङ
बुधबार, २६ भदौ २०८१, २१ : ५३
काठमाडौँ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा छत्र बहादुर तामाङ निर्वाचित भएका छन् । राजधानीमा बुधबार सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कंडेल निर्वाचित भएका छन् । महासचिवमा चन्द्र कुमार वाइवा निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव (नितिगत)मा रामवावु घिमिरे, उपमहासचिव (आन्तरिक)मा लक्ष्मण थपलिया र कोषाध्यक्षमा राजेन्द्र उप्रेती निर्वाचित भएका छन् । यस्तै सहकोषाध्यक्षमा दिल बहादुर वम्जन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै कमिटी सदस्यहरुमा प्रल्हाद चौंलागाई, देवराज पाण्डे, ढक प्रसाद गौतम, राजेन्द्र चौलागाई, पदम वहादुर श्रेष्ठ, राजेन्द्र आचार्य र चन्द्रमाया भंडेल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण