बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा तामाङ
बुधबार, २६ भदौ २०८१, २१ : ५३

काठमाडौँ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा छत्र बहादुर तामाङ निर्वाचित भएका छन् । राजधानीमा बुधबार सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजकुमार बुढाथोकी, उपाध्यक्षमा उमानन्द कंडेल निर्वाचित भएका छन् । महासचिवमा चन्द्र कुमार वाइवा निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव (नितिगत)मा रामवावु घिमिरे, उपमहासचिव (आन्तरिक)मा लक्ष्मण थपलिया र कोषाध्यक्षमा राजेन्द्र उप्रेती निर्वाचित भएका छन् । यस्तै सहकोषाध्यक्षमा दिल बहादुर वम्जन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै कमिटी सदस्यहरुमा प्रल्हाद चौंलागाई, देवराज पाण्डे, ढक प्रसाद गौतम, राजेन्द्र चौलागाई, पदम वहादुर श्रेष्ठ, राजेन्द्र आचार्य र चन्द्रमाया भंडेल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू