सी–चेक गरेर नेपाल एयरलाइन्सको वाइडबडी काठमाडौँ फर्कियो
बिहीबार, २७ भदौ २०८१, ११ : ०६
काठमाडौँ । सी–चेक (प्राविधिक जाँच) का लागि इटली गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान अढाई महिनापछि आज काठमाडौँ आइपुगेको छ ।
असार ८ गते इटली गएको ए ३३० नाइन एन एएलवाई कलसाइन भएको जहाज सम्पूर्ण प्राविधिक जाँच गरी काठमाडौँमा फर्किएको हो ।
निगमको अर्को वाइडबडी विमान भने सी–चेकका लागि अझै इटलीमै छ । उक्त जहाजलाई एक महिनापछि काठमाडौँ ल्याइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
सी–चेकपछि फर्किएको एक वाइडबडीसँगै नेपाल वायुसेवा निगमसँग थप दुई न्यारोबडी जहाज उडानका लागि योग्य छन् । निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार जहाज छन् ।
सी–चेक गरेर एउटा वाइडबडी आएपछि निगमले जापान उडानलाई पुनः निरन्तरता दिने भएको छ । दुई वाइडबडी सी–चेकका लागि गएपछि भदौ १३ देखि जापानको उडान हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण