चौथो दिन पनि सुरु हुन सकेन न्युजिल्यान्ड–अफगानिस्तान टेस्ट, व्यवस्थापन पक्षको चर्को आलोचना
काठमाडौँ । न्युजिल्यान्ड र अफगानिस्तानबिच भारतको ग्रेटर नोयडमा हुने भनिएको एकमात्र टेस्ट क्रिकेटको चौथो दिन बिहीबारको खेल पनि प्रतिकूल मौसमका कारण रद्द भएको छ । वर्षाका कारण चौथो दिनसम्म पनि टेस्ट सुरु हुन सकेको छैन ।
न्युजिल्यान्डले भारत भ्रमणका क्रममा अफगानिस्तानसँग एक मात्र टेस्ट खेल्ने कार्यक्रम रहेको थियो । उक्त टेस्टमा अब एक दिनको खेलमात्र बाँकी छ । नोयडामा पछिल्लो सात दिनको अवधिमा एक हजार दुई सय मिलिमिटर वर्षा भएको बताइएको छ ।
त्यसैले उक्त टेस्टमा हालसम्म टस पनि हुन सकेको छैन । खराब मौसमका कारण पाँचौँ दिनको खेल पनि रद्द हुने अनुमान गरिएको छ । लगातारको वर्षाका कारण मैदान तत्काल खेल्न लायक नरहेको समाचारमा जनाइएको छ ।
यसका अतिरिक्त ग्रेटर नोयडाको स्टेडियमको दुरावस्थालाई लिएर पनि निकै आलोचना भइरहेको छ । मङ्गलवार ग्राउन्ड स्टाफले पङ्खाको प्रयोग गरेर मैदान सुखाउने प्रयास गरिरहेको तस्बिर सार्वजनिक भएको थियो ।
यसैगरी, उक्त स्टेडियमको व्यवस्थापन पक्ष पनि निकै कमजोर रहेको भन्दै व्यापक आलोचना भइरहेको छ । मङ्गलवार क्याटरिङ स्टाफहरूले खाना पकाउन बाथरुमको पानी प्रयोग गरेको भन्दै केही भिडियो र तस्बिर पनि सार्वजनिक भएका थिए ।
अफगानिस्तानका खेल पदाधिकारीहरूले पनि उक्त स्टेडियम र त्यहाँको ब्यवस्थापन पक्षको आलोचना गरेका छन् । रमाइलो पक्ष त के हो भने न्युजिल्यान्ड र अफगानिस्तानबिचको टेस्टका लागि भारतले छुट्टाएको यो स्टेडियममा खेल्न केही समयअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) आफैँले प्रतिबन्ध लगाएको थियो । यद्यपि, त्यो प्रतिबन्ध अहिले फुकुवा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण