भारतविरुद्धको टेस्ट शृङ्खलाका लागि बङ्गलादेशी टोलीको घोषणा
काठमाडौँ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतविरुद्धको टेस्ट क्रिकेट शृङ्खलाका लागि बिहीबार आफ्नो टोलीको घोषणा गरेको छ । बंगलादेशले भारत भ्रमणका क्रममा आयोजक राष्ट्रविरुद्ध दुईवटा टेस्टको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
बीसीबीले नजमुल हुसैन सान्टोको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । बङ्गलादेशी टोलीमा एउटा अप्रत्यासित परिवर्तन गरिएको छ । भारतविरुद्धको टेस्टका लागि जाकिर अलीलाई टोलीमा समावेश गरिएको छ ।
तर, सोरफुल इस्लामलाई टोलीमा स्थान दिइएको छैन । बङ्गलादेशी टोलीमा अनुभवी खेलाडी सकिब अल हसन, लिटन दास र मेहदी हसन मिराजलाई पनि समावेश गरिएको छ । भारत र बंगलादेशबिचको पहिलो टेस्ट सेप्टेम्बर १९ तारिखमा चेन्नईमा सुरु हुनेछ ।
यसैगरी, दोस्रो टेस्ट सेप्टेम्बर २७ तारिखमा कानपुरमा सुरु हुने बताइएको छ । दुई टेस्टको शृंखलापछि भारत र बंगलादेशबिच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । हालै पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा ऐतिहासिक जित हात पारेपछि बङ्गलादेशी खेलाडीको मनोबल पनि उच्च देखिएको छ ।
घोषित बङ्गलादेशी टोलीमा नजमुल हुसैन सान्टो (कप्तान), सदमान इस्लाम, जाकिर हसन, मोमिनुल हक, मुसफिकर रहिम, सकिब अल हसन, लिटन दास, मेहदी हसन मिराज, जाकेर अली, तास्किन अहमद, हसन महमुद, नाहिद राणा, ताइजुल इस्लाम, महमुदुल हसन जोए, नइम हसन र खालेद अहमद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण