बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवम् बीएनपीकी अध्यक्ष खालिदा जिया बिरामी परेकी छिन् । स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ‘बेगम जिया बिरामी परेपछि मेडिकल बोर्डको सल्लाहमा उनलाई हिजो राति नियमित चेकअप र निरीक्षणका लागि अस्पताल लगिएको थियो र पछि भर्ना गरियो,’ उनको निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बीबीसी बंगलालाई भनेका छन् ।
राति केही परीक्षणपछि बिहान पनि खालिदा जियाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । ७९ वर्षीया जिया लामो समयदेखि मधुमेह, सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मिर्गौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित थिइन् । हालै बंगलादेशमा चलिरहेको सत्ता विरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर विदेश भागिन् ।
त्यसपछि अन्तरिम सरकारले खालिदा जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो । जेलबाट छुटेपछि स्वास्थ्यलाभको लागि उनी अस्पतालमा भर्ना भएर कयौँ दिनपछि मात्रै डिस्चार्ज भएकी थिइन् । जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा जेलमा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण