पहिलो व्यावसायिक स्पेस वाकमा जाँदैछ स्पेस एक्सको पोलारिस डन क्रु
रफाह । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको क्याप्सुल पोलारिस डन चार जनालाई बोकेर व्यावसायिक स्पेस वाकमा जाँदैछ । यो विश्वको पहिलो व्यावसायिक स्पेस वाक हुनेछ ।
यी चार जना पेमेन्ट प्रविधि कम्पनी सिफ्ट ४ का अरबपति सीईओ जारेड आइज्याकम्यान, स्पेस एक्सका इन्जिनियर साराह गिलिस, स्कट ‘किड’ पोटिट र एना मेनन हुनेछन् ।
यानको उडान अमेरिकी समय अनुसार बिहीबार बिहानमा हुँदैछ । गैर–सरकारी अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमा लैजान लागिएको यो पहिलोपटक हुनेछ । स्पेस वाक २ घण्टासम्म चल्ने बताइएको छ ।
यसलाई जोखिमपूर्ण ट्रेक भनिएको छ । अगस्टको अन्त्यतिर मौसम खराब भएर कयौँपटक यसको परीक्षण सारिएको थियो । यो पाँच दिनको अभियान हो । जाँदा मात्रै होइन पाँच दिनपछि यान फर्किदा पनि पृथ्वीमा मौसम शान्त हुनेछ भनेर सुनिश्चित गर्नुपरेकोले पनि यानको प्रक्षेपणमा बारम्बार ढिलाई भएको हो ।
पोलारिस डनमा अन्तरिक्षमा पाँच वा ५ दिनका लागि मात्रै पुग्ने अक्सिजन हुनेछ । स्पेस वाक गर्दा अक्सिजन धेरै खपत हुने भएकोले यान चढेर गएको यात्रीहरू फर्किने समय संवेदनशील बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण