संसदीय सुनुवाइ
लोकदर्शन रेग्मीले भने– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्छु
बिहीबार, २७ भदौ २०८१, १४ : ४५
काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् ।
बिहीबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण गराउन र नेपालको संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्ने बताएका हुन् ।
सो क्रममा उनले विगतमा अमेरिकी पूर्वउपराष्ट्रपति स्पिरोलगायतले नेपाल भ्रमण गरेको पनि स्मरण गरे ।
यस्तै उनले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण