नेपालका प्रधानमन्त्रीलाई अमेरिकी संसद्मा सम्बोधन गर्ने व्यवस्था मिलाउन पहल गर्छु : रेग्मी
काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
बिहीबारको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै रेग्मीले दुई देशबिचको समझदारी विकास तथा आपसी विश्वासलाई थप सुदृढ गर्न उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने बताए ।
सोअनुसार नेपालका प्रधानमन्त्रीहरूलाई अमेरिका भ्रमण गराउने र त्यहाँको कंग्रेस (संसद्)लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न व्यवस्था मिलाउने प्रयास गर्ने उनले बताए ।
उनले आफ्नो कार्ययोजनामा भनेका छन्, ‘दुई देशबिच समझदारी विकास गर्न तथा आपसी विश्वासलाई थप सुदृढ बनाउन दुई देशबिचमा भ्रमणहरू हुँदै आएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिने सन्दर्भमा नेपालका प्रधानमन्त्रीज्यूहरुबाट अमेरिकी सरकारसँग विचार आदान प्रदान गर्ने, दुई पक्षीय र बहुपक्षीय विषयमा वार्ता गर्ने कार्यहरु हुँदै आएका छन् । सम्माननीय प्रधानमन्त्रीज्यूको स्टेट भिजिट र अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्ने व्यवस्था मिलाउन म प्रयत्नशील रहने छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण