नेपालको शान्ति प्रक्रियाको नर्वेका सांसदले गरे प्रशंसा
काठमाडौँ । नर्वेका सांसदहरूले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगतिको प्रशंसा गरेका छन् । नर्वेका परराष्ट्र तथा रक्षा स्थायी समितिका अध्यक्ष तथा सदस्यहरूले बिहीबार नेपालको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँगको छलफलमा शान्ति प्रक्रियाको प्रशंसा गरेका हुन् ।
नर्वेका सांसदहरूले शान्ति स्थापना अभियानमा नेपालको योगदानको चर्चा गर्दै ऊर्जा क्षेत्रमा सहयोग प्रवर्द्धनमा जोड दिएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवले बताए ।
नेपालको संसदीय समितिले नर्वेबाट संसदीय अनुसन्धानको व्यवस्थित सुदृढीकरण, प्रत्यायोजित कानुनको सहभागितामूलक मूल्याङ्कन, संसदीय अभ्यासको आदानप्रदान र थप प्राविधिक सहयोगका अपेक्षासहितको धारणा राखेको थियो ।
दुई देशको परस्पर सम्बन्धलाई अझ बलियो बनाउन सहयोग तथा भ्रमणहरू भइरहनु पर्ने कुरामा समितिका सदस्यहरूले जोड दिएका थिए । नर्वे संसदीय समितिका अध्यक्ष इरिक्सन सोराइडको नेतृत्वमा आएको सांसदहरूको टोलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति यादव, सदस्यहरू माधवकुमार नेपाल, एनपी साउद, विमलेन्द्र निधिलगायतले स्वागत गरेका थिए । दुई देशको समान समितिको यो पहिलो बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण