अस्ट्रेलियन क्रिकेट टोलीलाई जब कचौराजस्तो ट्रफी प्रदान गरियो...
काठमाडौँ । सामान्यतः अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता र उप–विजेता टोलीलाई दिइने ट्रफी लोभलाग्दो तरिकाले तयार पारिएको हुन्छ । टाढैबाट सबैको आँखा पर्ने गरी आकर्षक तरिकाले ट्रफी तयार पारिएको हुन्छ ।
तर, अस्ट्रेलिया र स्कटल्यान्डबिच हालै सम्पन्न तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा विजेता टोलीलाई प्रदान गरिएको ट्रफी भने अहिले अन्तर्राष्ट्रिय समाचारको विषय बनिरहेको छ । सामाजिक सञ्जालमा पनि यो ट्रफीले निकै चर्चा बटुलिरहेको छ ।
हालै अस्ट्रेलियन टोली स्कटल्यान्ड भ्रमणमा गएको थियो । स्कटल्यान्ड भ्रमणका क्रममा अस्ट्रेलियाले आयोजक राष्ट्रसँग तीनवटा टी–२० शृङ्खला खेलेको थियो । त्यो शृङ्खला भ्रमणकारी टोलीले ३–० ले नै जितेको थियो ।
अस्ट्रेलियाले पहिलो टी–२० अन्तर्राष्ट्रियमा स्कटल्यान्डलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा अस्ट्रेलिया ७० रनले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा पनि अस्ट्रेलियाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिता सकिएपछि आयोजित पुरस्कार वितरण समारोहमा अस्ट्रेलियालाई प्रदान गरिएको च्याम्पियन ट्रफी सानो कचौराजस्तै थियो । टाढाबाट हेर्दा त्यो ट्रफी देख्न पनि मुस्किल पर्थ्यो । पुरस्कार वितरण समारोहमा अस्ट्रेलियन टोलीका कप्तान मिचेल मार्स र अन्य खेलाडी पनि छक्क परेका थिए ।
अस्ट्रेलियन खेलाडी ट्रफी देखेर मजैले हाँसेका थिए । ट्रफीको विषयलाई लिएर अहिले स्कटल्यान्डकै क्रिकेट समर्थकहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो क्रिकेट बोर्डको मजाक उडाइरहेका छन् ।
समाचारमा जनाइए अनुसार, अस्ट्रेलियन टोलीलाई प्रदान गरिएको सानो कचौराजस्तो ट्रफीलाई स्कटल्यान्डमा सेवेनिर भनिन्छ । यसको प्रयोग ह्विस्की राख्न गरिन्छ । ह्विस्की स्कटल्यान्डको राष्ट्रिय पेय पदार्थ पनि हो ।
Hamare local tournament mai bhi jab intezamia entrees kha jati thi tw end pai aisi trophy deti thi…. pic.twitter.com/JFVnyZ9X9T
— Usama Zafar (@Usama7) September 10, 2024
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण