समाचार
रास्वपाबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ
बिहीबार, २७ भदौ २०८१, १९ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले रातोपाटीलाई बताए ।
पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ ।
साउन ३ मा बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर पक्राउ परेका थिए । उनको साथबाट बरामद ९७ थान ट्रामाडोल उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिए । सो बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’ पछि निष्कासनमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण