सानेपामा कल सेन्टर सञ्चालन गर्ने चिनियाँ र फिलिपिनोसहित ८ जनाविरुद्ध क्रिप्टो कारोबारको मुद्दा
काठमाडौँ । ललितपुर महानगरपालिका–१३ सानेपास्थित कल सेन्टरबाट पक्राउ परेका ५० जनामध्ये प्रहरीले ८ जनालाई मुद्दा चलाउने भएको छ । ३ जना विदेशी र ५ जना नेपालीविरुद्ध मुद्दा चलाउने निर्णय गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनीहरुविरुद्ध प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
कल सेन्टरका सञ्चालक चिनियाँ नागरिक डिङ जियाहोङ, लिन क्वीनजिङ, फिलिपन्सिकी महिला हानिपा सिन्सएत, रौतहट घर भएका कमल कँडेल, इलामका सन्दीप आचार्य, झापाका सुजन प्रधान, सुनसरीका विजयबहादुर गिरी र नवलपरासी बर्दघाटका सुदिप अधिकारी विरुद्ध ब्युरोले अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीहरूले कलसेन्टरको आवरणमा क्रिप्टोकरेन्सीको कारोबार गर्न गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका ४२ जनालाई हाजिर जमानीमा छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण