बागलुङ दुर्घटना अपडेट: एक महिलाको शव निकालियो
शुक्रबार, २८ भदौ २०८१, १० : ३७
पोखरा । बागलुङको गलकोटमा भएको सरकारी गाडी दुर्घटनामा एक महिलाको शव निकालिएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको र एकजना घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी धवलागिरि अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बाँकी २ वटा शवमध्ये एउटा महिलाको शव भीरमा अड्किएको अवस्थामा रहेको र पुरुषको शव गाडीले च्यापिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको गाडी पुथा उत्तर गङ्गा गाउँपालिकाको भएको हुन सक्ने आशङ्का गरिएको छ ।
‘घटनास्थलमा एउटा आइडी कार्ड भेटिएको छ । त्यसका आधारमा हेर्दा गाडी सोही पालिकाको हुन सक्छ,’ डीएसपी विजय यादवले भने, ‘तर यो पुष्टि भने होइन । हामी खोजिरहेका छौँ ।’ घटनामा मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण