गण्डकीको प्रेस रजिस्टारमा भण्डारी नियुक्त
शुक्रबार, २८ भदौ २०८१, १८ : १६
पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहेकी भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार बनेकी हुन् ।
प्रेस रजिस्टार छनोटका लागि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो ।
समितिले ३ जनाको नाम प्रस्ताव गरेकोमा भण्डारीलाई नियुक्त गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण