हारबाट जोगियो रोनाल्डोको अल–नासर
शनिबार, २९ भदौ २०८१, ०७ : ०३
रियाद । खेलको १ सयौँ मिनेटमा आत्मघाती गोल गरेपछि अल–अहली साउदी प्रो लिगमा अल–नासरसँग १–१ को बराबरीमा रोकिएको छ ।
पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको ५७ औँ मिनेटमा फ्रांक केसीले अल–अहलीलाई अग्रता दिलाएका थिए । टोली जिततर्फ अघि बढिरहँदा इन्जुरी समयको १ सयौँ मिनेटमा बासम अल–हुराइजीले आत्मघाती गोल गरेपछि अल–नासर हारबाट जोगियो ।
यसअघि घरेलु टोली अल–नासरले खेलमा राम्रो सुरुवात गरेको थियो । साडियो मानेको प्रहार गोल लाइनबाट क्लियर गरिएको थियो भने मार्सेलो ब्रोजोभिचको प्रहार एडवार्डो मेन्डीले रोकेका थिए ।
बराबरीसँगै अल–नासर ३ खेलबाट ५ अङ्क बटुल्दै लिगको छैटौँ स्थानमा सीमित रहेको छ । टोलीले १ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ । अल–अहली ४ अङ्कसहित नवौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण