'जोगिन्दर' र 'मुलासाग'ले लन्डनमा देखाए गाईजात्रा
काठमाडौँ । हास्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’ र शिवशङ्कर रिजाल जोगिन्दरले ‘लन्डन’मा गाईजात्रा देखाएका छन् । युरोपका करिब आधादर्जन देशमा ‘गाईजात्रे कमेडी’ प्रस्तुत गर्न लन्डन पुगेका यी कलाकारले युरोपको प्रस्तुति लन्डनबाट थालेका हुन् ।
साउथ इष्ट लन्डनको वुल्लिचमाको ट्रामसेड थिएटरमा आयोजित उनीहरूको ‘गाईजात्रे कमेडी’ दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । कमेडीमा कलाकार सुरेन्द्र केसीले मुलासाँग र शिवशंगर रिजालले ‘जोगिन्दर पानवाला’को गेटअपमा प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुति समसामयिक राजनीति, भ्रष्टाचार देखि विभिन्न समसामयिक विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा गायक तथा सङ्गीतकार वसन्त सापकोटाको साङ्गीतिक प्रस्तुति, कलाकार अस्मिता राना र अमृता पाण्डेको आकर्षक नृत्य पस्किएका थिए । उक्त अवसरमा बेलायतमै रहेका कलाकार दीपक थापा, आर्जी खरेल र सञ्जय खड्का, सुरज श्रेष्ठ, सन्तोष बिके, नृत्य कलाकार इसानी बराइलीको पनि प्रस्तुति रहेको थियो ।
बेलायतमै बस्दै आएका कलाकार त्रय सनमकुमार वैराग, मनिषकुमार श्रेष्ठ र विनोद चिपालुले कार्यक्रमको आयोजना गरेका थिए ।
‘गाईजात्रे कमेडी’ अब इङ्ल्याण्ड, आयरल्याड, स्कटल्याण्ड लगायतका देशमा आयोजना हुनेछ । त्यसपछि स्वदेश फर्किने कलाकार शिवशङ्कर रिजाल जोगिन्दरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण