हिंसा शब्द प्रयोग गरेर एमालेले जनयुद्धलाई बदनाम गर्यो : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाले एमालेले संसदमा जनयुद्धलाई बदनाम गर्न हिंसा शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । शनिवार काठमाडौँमा भएको धादिङ काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको ८ औँ जिल्ला भेला कार्यक्रममा सम्बाेधन गर्दै सापकोटाले हजारौँ जनताको बलिदानीबाट आजको परिवर्तन आएको बताउँदै जनताको विषयमा गडबडी गरे प्रतिकार गर्न आग्रह गरे ।
सापकोटाले भने– ‘जुन जनयुद्धको बलमा आज राष्ट्रपति भएका छन्, प्रधानमन्त्री, मन्त्री भएका छन्, जनयुद्ध नभएको भए आज पनि तिनीहरू जेलको चिसो छिँडीमा हुने थिए । उनीहरुले जनयुद्धलाई अपमान गरेको विरुद्ध आँधी बेहोरी सिर्जना गर्ने गरी तपाईंको हातमा कलम छ भने कलम चलाउनुस, कम्प्युटर, मोबाइल जे छ त्यसबाट प्रतिकार गर्नुस् । ती भरौटेहरू जो हिजो दुई चार जना मान्छे लिएर रत्नपार्कतिर घुम्दै थिए । जब जनयुद्ध र जनआन्दोलनको संयोजन भएपछि २५० वर्षको राजतन्त्र अन्त्य भयो, अहिले जे परिवर्तन भएको छ जनयुद्धको बलमा भएको छ ।’
उनले जनयुद्धबाट अझ अर्कै परिवर्तन चाहे पनि तत्कालीन अन्तर्राष्ट्रिय, राष्ट्रिय, राजनीतिक परिस्थितिका कारण अहिलेको व्यवस्थाका लागि सहमति र सम्झौता गरेको बताए । उनले पार्टी जनवादी क्रान्तिको बाटोमा निरन्तर लागिरहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण