बुन्डेसलिगा इतिहासकै दोस्रो छिटो गोल, केनको ह्याट्रिक र बायर्न म्युनिखको जित
काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले आफ्नो विजययात्रा जारी राखेको छ । बायर्न म्युनिखले शनिबार राति सम्पन्न आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी होल्स्टेन किएलविरुद्ध गोल वर्षा गर्यो ।
बायर्न म्युनिख म्युनिखले होल्स्टेनलाई ६–१ गोलको विशाल अन्तरले हराएको हो । बायर्न म्युनिखको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । बुन्डेसलिगाको इतिहासमा भएको यो दोस्रो सबैभन्दा छिटो गोल हो । होल्स्टेन किएलले तल्लो डिभिजनबाट माथि उक्लिएर यो सिजनको बुन्डेसलिगा खेलेको हो ।
जितसँगै बायर्न म्युनिख अंक तालिकाको पहिलो स्थानमा फर्किएको छ । खेल सुरु भएको १३ औँ सेकेन्डमै बायर्न म्युनिखले अग्रता लिएको थियो । बायर्न म्युनिखका लागि जमाल मुसिएलाले पहिलो गोल गरेका थिए ।
सातौँ मिनेटमा ह्यारी केनले टोलीको अग्रता दोब्बर बनाएका थिए । १३ औँ मिनेटमा होल्स्टेनका निकोलाई रेमबर्गबाट आत्मघाती गोल भएपछि बायर्न म्युनिख ३–० ले अगाडि बढेको थियो । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि ह्यारी केनले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए ।
यसैगरी, निर्धारित समयको ६५ औँ मिनेटमा माइकल ओलिसले बायर्नका लागि पाँचौँ गोल गरेका थिए । खेलको ८२ औँ मिनेटमा होल्स्टेनका लागि आर्मिन गिगोभिचले सान्त्वना गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा ह्यारी केनले आफ्नो ह्याट्रिक पुरा गरेका थिए । उनले पेनाल्टीमार्फत उक्त गोल गरेका थिए ।
पहिलो स्थानमा आसिन बायर्न म्युनिखले तीन खेलबाट नौ अंक बटुलेको छ । तीन खेल खेलेको बोरुसिया डर्टमन्ट सात अंकसहित दोस्रो स्थानमा आसिन छ । तालिकामा सबैभन्दा तल रहेको होल्स्टेनले भने लगातार तेस्रो हार भोगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण