डब्ल्यूएचओले एमपक्सको खोपलाई दियो मन्जुरी
वाशिङटन डीसी । विश्वभर एमपक्स अर्थात् मंकीपक्सको प्रकोप फैलिरहेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ । सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो ।
अहिलेसम्म एउटा निर्माताले मात्रै खोप बनाइरहेकोले यसको आपूर्ति सीमित भएको बताइएको छ । अफ्रिकामा फैलिएको अहिलेको प्रकोप र भविष्यमा हुने सङ्क्रमण रोकथाम दुवैको दृष्टिमा एमपक्सविरुद्धको खोपले यसरी प्रयोगको अनुमति पाउनु भाइरस विरुद्धको लडाइँमा महत्त्वपूर्ण चरण भएको डब्ल्यूएचओका महानिर्देशक डा.टेद्रोस अधानोम गेब्रियससले भनेका छन् ।
यो खोप ४ हप्ताको अन्तरालमा २ डोजमा दिइन्छ । पहिला एम्पक्सको सङ्क्रमण नभएका व्यक्तिमा यो खोप ७६ प्रतिशत प्रभावकारी भएको उपलब्ध आँकडाले देखाएको डब्ल्यूएचओले भनेको छ । खोपको दुवै मात्रा भने ८२ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण