अदालत
एनआरएन विवाद : शर्मा पक्षको रिट न्यायाधीश ढकालको इजलासमा पेसी
आइतबार, ३० भदौ २०८१, ११ : २७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।
शर्मा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट दर्ता गराएका थिए । उक्त रिट यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी परेको थियो ।
उनले हेर्न नमिल्ने भएपछि स्थगित भएर आइतबार पुन: पेसी तोकिएको हो । एनआरएनको विवादमा सर्वोच्चले यसअघि दुई फैसला सुनाएको थियो ।
ती फैसलापछि अन्योल भएको भन्दै शर्मा पक्षले तेस्रो मुद्दा दायर गरेका हुन् । यसअघि सर्वोच्चले बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलेको थियो ।
उक्त फैसलाको विरुद्ध शर्मा पक्षले सर्वोच्चमा रिट दायर गरेको हो । आज सुनुवाइ भएमा सर्वोच्चले दुवै पक्षले छलफलमा बोलाउने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण