अदालत
एनआरएन विवाद : शर्मा पक्षको रिट न्यायाधीश ढकालको इजलासमा पेसी
आइतबार, ३० भदौ २०८१, ११ : २७

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।
शर्मा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट दर्ता गराएका थिए । उक्त रिट यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी परेको थियो ।
उनले हेर्न नमिल्ने भएपछि स्थगित भएर आइतबार पुन: पेसी तोकिएको हो । एनआरएनको विवादमा सर्वोच्चले यसअघि दुई फैसला सुनाएको थियो ।
ती फैसलापछि अन्योल भएको भन्दै शर्मा पक्षले तेस्रो मुद्दा दायर गरेका हुन् । यसअघि सर्वोच्चले बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलेको थियो ।
उक्त फैसलाको विरुद्ध शर्मा पक्षले सर्वोच्चमा रिट दायर गरेको हो । आज सुनुवाइ भएमा सर्वोच्चले दुवै पक्षले छलफलमा बोलाउने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन