क्यारेबियन प्रियिमर लिगमा क्विन्टन डी काकको कमाल
काठमाडौँ । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी काक क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस रोयल्सका लागि एउटै खेलमा सबैभन्दा बढी रन जोड्ने खेलाडी बनेका छन् । ३१ वर्षीय क्विन्टन डी काकको उत्कृष्ट शतकको मद्दतले सीपीएलको आफ्नो पछिल्लो खेलमा आइतबार बार्बाडस रोयल्सले गुयाना अमेजन वारियर्सलाई ३२ रनले पराजित गर्यो ।
उक्त खेलमा क्विन्टन डी काकले केवल ६८ बलको सामना गरी एक सय १५ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको बार्बाडस रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेजन वारियर्सले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो ।
क्विन्टन डी काकले केवल ६० बलमा आफ्नो शतक पुरा गरेका थिए । उनी सीपीएलको एउटै खेलमा बार्बाडस रोयल्सका लागि सबैभन्दा बढी रन जोडने खेलाडी पनि बनेका छन् । त्यसअघि यो कीर्तिमान कार्टरको नाममा रहेको थियो । उनले बार्बाडस रोयल्सका लागि एक सय ११ रन बनाएका थिए । डी काकले सीपीएलमा प्रहार गरेको यो पहिलो शतक पनि हो ।
जारी सिजनको सीपीएलमा डी काकले केवल पाँच पालीमा तीन सय आठ रन बनाइसकेका छन् । उनी टी–२० क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडीको सूचिमा पाँचौँ स्थानमा उक्लिएका छन् । टी–२० मा उनको शतक सङ्ख्या सात पुगेको छ ।
डी काकका अतिरिक्त ल्युक राइट, ब्रेन्डन म्याककुलम र ग्लेन म्याक्सवेलले पनि टी–२० क्रिकेटमा सात शतक बनाएका छन् । यसका अतिरिक्त डी काक टी–२० क्रिकेटमा दोस्रो सर्वाधिक शतक प्रहार गर्ने दक्षिण अफ्रिकी ब्याट्सम्यान पनि बनेका छन् । टी–२० क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने दक्षिण अफ्रिकी ब्याट्सम्यान राइली रुसो हुन् । उनले आठ वटा शतक बनाएका छन् ।
यसैगरी, टी–२० क्रिकेटमा ओपनर ब्याट्सम्यानको भूमिकामा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडीको सूचिमा पनि डी काक पाँचौँ स्थानमा छन् । टी–२० क्रिकेटमा ओपनर ब्याट्सम्यानका रुपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी वेस्ट इन्डिजका क्रिस गेल हुन् । उनले २२ वटा शतक प्रहार गरेका छन् ।
यो सूचीमा दोस्रो स्थानमा भने पाकिस्तानका बाबर आजम रहेका छन् । उनले ११ वटा शतक बनाएका छन् । तेस्रो नम्बरमा रहेका भारतका विराट कोहलीले नौ तथा चौथो स्थानमा रहेका जस बट्दर, एरोन फिन्च, माइकल क्लिङ्गर र डेभिड वार्नरले आठ–आठ वटा शतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण