‘नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् । आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एसियाको विकासको सम्भावनाको बारेमा नेपालले पनि विमर्श गर्नुपर्ने बेला भएको बताएका हुन् ।
उनले भने, ‘बद्लिएको विश्वको सन्दर्भका बारेमा, एसियाको विकासको सम्भावनाको बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्दछ । नयाँ विश्व व्यवस्थाका सर्जकको रूपमा हाम्रा दुई छिमेकीहरू अगाडि आउन खोजिरहेका छन्, चीन र भारत । चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ।’
नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्ने उनको भनाइ छ ।
‘अब हामीले पश्चिमको आँखाबाट होइन एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्दछ । योजना बनाउन थाल्नुपर्दछ । यसरी नेपाललाई एसियाली ज्ञान सिद्धान्तका आधारमा एसियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढाउने सम्भावनाहरू देखा परेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण