मध्यपहाडी लोक मार्गअन्तर्गत ‘डेउढी-भर्याङभुरुङ’ खण्ड अवरुद्ध
त्रिशूली । मध्यपहाडी लोक मार्गअन्तर्गत नुवाकोटको डेउडी-भर्याङभुरुङ खण्डमा गए रातिको अविरल वर्षाले क्षति पुर्याउँदा आवतजावत प्रभावित भएको छ ।
विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाक घर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङ हुँदै गोरखा जाने सडक अवरुद्ध भएको हो ।
बाढीले क्षति पुर्याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बसोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर–१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अवरुद्ध सडक सञ्चालनमा समस्या भएको छ ।
मध्यपहाडी लोक मार्गअन्तर्गत नुवाकोटको विदुर–१३ डेउडीबाट सामरी भञ्याङ हुँदै धादिङको कटुन्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनी–मृतसञ्जिवन जेबीले विसं २०७५ असारमा जिम्मेवारी पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण