चीन र भारतको विकासले पश्चिमा दृष्टिकोणको असर नेपाली राजनीतिमा पर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् । आइतबार काठमाडौँमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एसियाको विकासका सम्भावनाका बारेमा एसियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा विमर्श सुरु गर्नुपर्ने बताए । उनले नयाँ विश्व व्यवस्थाका सर्जकका रूपमा चीन र भारत अगाडि आइरहेको बताए ।
उनले भने, ‘बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एसियाको विकासका सम्भावनाका बारेमा एसियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरु गर्नुपर्छ भन्ने लाग्छ । त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रूपमा हाम्रा दुई वटा छिमेकीहरू अगाडि आउन खोजिरहेका छन् । स्वभाविक रूपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ ।’
महासचिव पोखरेलले अब पश्चिमाको आँखाबाट नभई एसियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने बताए । नेपाललाई एसियाली ज्ञान सिद्धान्तका आधारमा एसियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट