‘अन्तिम प्रतिवेदन हामीले पाएका छैनौँ, हस्ताक्षर पनि गरेका छैनौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सहकारी ठगी सम्बन्धी छानबिन विशेष समितिले तयार गरेको अन्तिम प्रतिवेदन आफूहरूले अझै अध्ययन गर्न नपाएको बताएका छन् । अन्तिम प्रतिवेदनलाई अध्ययन गरेर केही कैफियत रहेछ भने त्यसलाई सच्याएर पारित गरिने उनको भनाई छ ।
समितिको सदस्य समेत रहेका उनले प्रतिवेदनमा पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्नमा उल्लेख भएको विषय केवल आङ्कलन मात्र भएको बताएका हुन् । उनले भने, ‘अन्तिम प्रतिवेदन हामीले पाएका छैनौँ, हामीले हस्ताक्षर पनि गरेका छैनौँ ।’
उनले भने, ‘रवि लामिछानेले सहकारीबाट पैसा ल्याएको तथ्य नभेटिएको, उहाँ कुनै पनि सहकारीको सदस्य नरहेको, उहाँले कुनै पनि सहकारीबाट ऋण लिनलाई आवेदन नदिएको र समितिलाई प्राप्त तथ्यले प्रत्यक्ष वा परोक्ष रूपमा सहकारीसँग पैसाको कारोबार गरेको देखिँदैन ।’ खनालले तथ्यका आधारमा प्रतिवेदन तयार गर्ने समितिमा सहमति भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण