मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ : सूर्यप्रसाद ढकाल
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार संसदमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन् ।
‘कालापानी नेपालको भू–भाग होइन भनेर दिएका एकजना पूर्वमन्त्री तथा पार्टीका पदाधिकारीबाट कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिनुभएको छ । उहाँको अभिव्यक्ति संविधानविपरित गम्भीर राष्ट्रघात भएको छ । उहाँलाई तत्काल देशद्रोहको मुद्दा लगाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।
ढकालले चौधरीको नाम किटेरै संसदमा नबोलेपनि उनलाई नै लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् । कालापानी नेपालको भू–भाग होइन भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण