तीन बन्धक आफ्नै हवाई आक्रमणमा मारिएको हुनसक्ने इजरायली सेनाको निष्कर्ष
तेल अभिभ । गत डिसेम्बरमा गाजामा मृत फेला परेका तीन इजरायली बन्धक इजरायली सेनाकै हवाई आक्रमणमा मारिएको हुनसक्ने सेनाले जानकारी दिएको छ । मारिनेमा दुई सैनिक कर्पोरल निक बेइसर र सार्जेन्ट रोन शर्मेन तथा एक सर्वसाधारण एलिया टोलेडानो रहेका थिए ।
गाजामा सञ्चालन भइरहेको इजरायली सैन्य कारबाहीको प्रमुख उद्देश्य अक्टोबर ७ मा हमास लडाकुले बन्धक बनाएकाहरूको सुरक्षित उद्धार रहेको छ । उनीहरूको रिहाइका लागि सरकारमाथि आन्तरिक दबाब बढिरहेको छ ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले तीनै जनाको परिवारलाई आइतबार नै अनुसन्धानको निष्कर्ष सुनाएको बताएको छ । हमासको उत्तरी डिभिजनका कमान्डर अहमद अन्डोरलाई मार्न सन् २०२३, नोभेम्बर १० मा गरिएको आईडीएफको हमलामा उनीहरूको मारिएको अनुसन्धानको निष्कर्ष छ ।
अन्डोर बस्ने भूमिगत सुरुङबाट तीन जनाको शव डिसेम्बर १४ मा बरामद गरिएको थियो । इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार गाजामा अझै १ सय १ जना बन्धक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण