रवि लामिछानेले सहकारीबाट पैसा लगेको देखिएन : खनाल
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा रास्वपाका सभापति रवि लामिछाने दोषी नदेखिएको समितिका सदस्य शिशिर खनालले दाबी गरेका छन् । रास्वपाका सांसद समेत रहेका खनालले रवि लामिछानेले सहकारीबाट पैसा लगेको नदेखिएको सोमबार प्रतिवेदनमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरुलाई बताएका हुन् ।
‘यो समिति किन बनाइयो भने रवि लामिछानेले सहकारीबाट पैसा लग्यो । रवि लामिछानेले आफ्नो खातामा पैसा हाल्यो । रवि लामिछानेले आफ्नो कम्पनीमा पैसा हाल्यो । त्यसमाथि उहाँ तत्कालीन अवस्थामा गृहमन्त्री पनि हुनुहुन्थ्यो, त्यो भएर संसदले रवि लामिछानेले सहकारीबाट लगेको पैसा र त्यसको अपचलनबारे छानबिन हुनुपर्छ भनेर यो समिति बन्यो’, उनले भने, ‘तर यो समितिको निष्कर्ष के रह्यो भने सहकारीबाट कुनै पनि हिसाबले पैसा लाने क्रममा रवि लामिछानेको भूमिका देखिएन भनेर स्पष्ट रुपमा तोक्यो ।’
उनले सहकारीबाट पैसा लैजाने भूमिकामा जीबी राईलगायत सहकारी सञ्चालकको मात्रै संलग्नता देखिएको निष्कर्ष प्रतिवेदनले निकालेको उनको भनाइ छ । ‘उहाँहरु (जीबीहरु) को निर्देशन र योजनामा मात्रै पैसा लगेको देखिन्छ । रवि लामिछानेले सहकारीबाट एक सुका पनि लगेको भन्ने देखिएन’, उनले भने । तर, गोरर्खा मिडिया नेटवर्कमा गएको पैसा तत्कालीन एमडीको हैसियतमा लामिछानेले चलाउँदा कुनै दायित्व बहन गर्नुपर्छ भने त्योचाहिँ गर्नुपर्ने प्रतिवेदनले औँल्याएको खनालको भनाइ छ।
‘त्यो पैसाचाहिँ उहाँले एमडीको रुपमा गोरखा मिडियामा कानुनी उत्तरदायित्व भने बहन गर्नुपर्छ भन्ने कुरा भनेको छ’, प्रतिवेदनमा भएको विषय उल्लेख गर्दै उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण