यी हुन् लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसद (सूचीसहित)
सोमबार, ३१ भदौ २०८१, १५ : १९

काठमाडौँ । लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक भएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन् ।
यसरी लगातार अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् ।
अनुपस्थित हुने सांसदहरूमा गीता बस्नेत, मनोरम शेरचन, अम्बिका बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहोरा कालुराम राई र नारायणप्रकाश साउद रहेका छन् ।
उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको सभामुख घिमिरेले घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार