ट्रम्पको हत्या प्रयासको जेलेन्स्कीले गरे निन्दा
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको निन्दा गरेका छन् ।
युक्रेनका एक कट्टर समर्थकले आइतबार गल्फ कोर्समा ट्रम्पमाथि गोली हान्ने प्रयास गरेका थिए । सन्दिग्धलाई रुसविरुद्ध युक्रेनी युद्धको समर्थकको रूपमा पहिचान गरिएको छ । हत्या प्रयासका सन्दिग्ध घटनाको केही बेरपछि समातिएका थिए । उनको पक्राउलाई जेलेन्स्कीले राम्रो भनेको भन्दै एएफपीले समाचार छापेको छ ।
संसारमा राजनीतिक हिंसाको लागि कतै ठाउँ नभएको पनि उनले बताए । ५८ वर्षका सन्दिग्ध र्यान वेस्ले रुथको युक्रेनको राज्य संरचनामा कुनै हैसियत ओहोदा नभएको र उनी समर्थकको रूपमा मात्रै युक्रेन आएको एक उच्च पदस्थ युक्रेनी अधिकारीले भने ।
उनीजस्ता अनेकौँ मानिस भएको पनि उनले बताए । युक्रेनमा लडाई लडिरहेको विदेशी स्वयंसेवक लडाकुहरूको संगठनले पनि रुथसँग आफ्नो कुनै साइनो नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण