प्रदेश
सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट
सोमबार, ३१ भदौ २०८१, १८ : ५९
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो ।
जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको हो ।
तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते पनि ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण