मेटाले रुसका सरकारी सञ्चारमाध्यमको नेटवर्कमाथि प्रतिबन्ध लगाउने
क्यालिफोनिर्या । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले रुसको कयौँ सरकारी सञ्चार माध्यमका नेटवर्कमाथि प्रतिबन्ध लगाउने भएको छ ।
डिटेक्शन छल्न र विदेशमा हस्तक्षेप वा प्रभाव पार्ने खालका कारबाहीहरू सञ्चालन गर्न उनीहरूले आफ्नो प्लेटफर्ममा अनेक दाउपेच गर्ने गरेको आरोप लगाउँदै मेटाले सो कदम चालेको हो । धेरै विचार गरेपछि रुसी सरकारी सञ्चारमाध्यममाथि लगाइरहेको प्रतिबन्ध विस्तार गरिएको कम्पनीले बताएको छ ।
अब रोस्सिया सिगोद्न्या, आरटी र सम्बन्धित अन्य संस्थाहरूलाई आफ्नो एपमा बन्देज लगाएको मेटाले भनेको छ । प्रतिबन्ध अबको केही हप्तामै सुरु हुने बताइएको छ । प्रतिबन्धको विषयमा वाशिङ्टनमा रहेको रुसी दूतावासको साथसाथै यसअघि रसिया टुडे भनेर चिनिने आरटी, स्पुतनिक न्यूज एजेन्सी, रोस्सिया सिगोद्न्याले कुनै प्रतिक्रिया नदिएको बीबीसीले भनेको छ ।
पश्चिमी देशहरूको राजनीतिलाई प्रभावित पार्ने कोसिस गरे दाबीहरू आउन थालेपछि रुसका सरकारी सञ्चार माध्यमहरूमाथि कडाइ बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण