विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।
आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ । यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो । विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्ने छन् ।
प्रमुख टोली खेलहरूको बिचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रूपमा क्रिकेट बनेको छ ।
विजेताका लागि पुरस्कार: २.३४ मिलियन डलर (२०२३ मा १ मिलियन डलर) उपविजेताका लागि पुरस्कार: १.१७ मिलियन डलर (२०२३ मा ५००,००० डलर) सेमिफाइनलमा परेका टोलीहरू: प्रत्येकलाई ६७५,००० डलर (२०२३ मा २१०,००० डलर) सम्पूर्ण पुरस्कारको रकम: ७,९५८,०८० डलर (२०२३ मा २.४५ मिलियन डलर) २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ ।
उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन् । विश्वकप ३ अक्टोबरबाट सुरु हुनेछ । उद्घाटन खेलमा बंगलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण