विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्छ : नेता सिटौला
झापा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पढाएको विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्ने बताएका छन् ।
झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माविकमा आज आयोजित संस्थापक सम्मान तथा दाता परिवार सम्मान कार्यक्रममा उनले विद्यार्थी अनुत्तीर्ण हुँदा सबैभन्दा धेरै दुःख शिक्षकलाई लाग्नुपर्ने बताए ।
“तपाईंले पढाएको विद्यार्थी पास हुँदा सबैभन्दा खुसी हुनुपर्छ”, कार्यक्रममा उपस्थित शिक्षकलाई इङ्गित गर्दै उनले भने, “फेल हुँदा पनि धेरै दुःख तपाईंलाई लाग्नुपर्छ ।” विद्यार्थीको हरेक गतिविधिलाई शिक्षकले सूक्ष्मरुपमा अध्ययन–विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।
शिक्षा क्षेत्रको सुधारमा शिक्षक, व्यवस्थापन समिति, स्थानीय तहको विशेष भूमिका हुने बताउँदै उनले पालिकाका जनप्रतिनिधि आफू मातहत आएको शिक्षास्तर किन खस्कियो भनेर गम्भीर हुनुपर्नेमा जोड दिए ।
विद्यालय परिसरमा निर्माण गरिएको संस्थापक स्व बहादुरचन्द्रसिंह राजवंशीको अर्धकदको शालिकको राष्ट्रियसभा सदस्य सिटौलाले अनावरण गर्नुका साथै स्व राजवंशीको परिवारलाई सम्मान–पत्रसमेत हस्तान्तरण गरे ।
स्व राजवंशीले विद्यालय स्थापनाका लागि १३ बिघा चार कट्ठा ६ धुर जग्गा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक मोहन राजवंशीले जानकारी दिए । विद्यालयको रु दुई लाख ८५ हजार पाँच सय २५ र गाउँपालिकाको रु दुई लाख नौ हजार चार सय ७५ गरी कूल रु चार लाख ९५ हजारमा संस्थापक राजवंशीको अर्धकदको शालिक निर्माण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण