अखिल क्रान्तिकारी बागमतीको अध्यक्षमा पौडेल निर्वाचित
मकवानपुर । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले उक्त पदमा २३२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गरेका हुन् । देवकोटाले १४३ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाए ।
त्यस्तै ५ उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरि बहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् । ३ खुल्ला उपाध्यक्ष पदमा भएको निर्वाचनमा चौहानले २२०, खड्काले १७९ र ठकुरीले ३१४ मत प्राप्त गर्दै निर्वाचन जिते । सो पदमा रामकृष्ण सिवाकोटी ११६ र श्रावण कुमार बर्तौला १२३ मत प्राप्त गर्दै पराजित भए । महिला कोटामा पाण्डे र समावेशी तर्फ तामाङ निर्विरोध निर्वाचित भएका थिए ।
प्रमुख सचिव पदमा विजय लामा २३६ मतसहित निर्वाचित हुँदा सुवास गौतम १७९ मत ल्याएर पराजित भए । ५ सचिव पदमा क्रमशः विजय घिमिरे, रितिक राज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोरजे बल, कोषाध्यक्ष पदमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भए । सम्मेलनबाट ४३ सदस्य समेत निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण