मन्त्री दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विषयमा छलफल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ । बुधवार मन्त्रालयमा उनीहरूबिच विकास निर्माण र सरकारका कामबारे छलफल भएको हो ।
भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने भन्दै उनले नागरिकका अपेक्षा पूरा हुनेगरी कार्य सम्पादनका लागि मन्त्री दाहाललाई शुभकामना समेत दिए ।
त्यसक्रममा उनले आफ्नो पुर्ख्यौली क्षेत्र काभ्रे जिल्लामा गर्नुपर्ने विभिन्न विकास निर्माणका कामबारे मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । उनले पनौती– नमोवुद्ध सडक खण्ड निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन समेत मन्त्री दाहाललाई आग्रह गरे ।
मन्त्री दाहालले आवश्यकताका आधारमा श्रोत व्यवस्थापन गर्न आफूले प्राथमिकता दिएको बताए । अहिले मुख्य दुई ठुला दलसहितको सरकार बनेकाले यो दिगो र बलियो सरकार रहेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण