इन्डियन प्रिमियर लिग : पन्जाब किङको प्रमुख प्रशिक्षक बन्दै रिकी पोन्टिङ
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान रिकी पोन्टिङ आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्ससँग जोडिने भएका छन् । आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान पोन्टिङ आगामी सिजनको आईपीएलमा पन्जाबको प्रशिक्षकको भूमिकामा देखा पर्ने बताइएको छ ।
४९ वर्षीय पोन्टिङले यसअघि आईपीएलमा दिल्ली क्यापिटल्समा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनी सात वर्षसम्म दिल्लीको प्रशिक्षक थिए । उनी सन् २०१८ मा दिल्ली क्यापिटल्सको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए ।
पोन्टिङको प्रशिक्षकत्वमा दिल्ली सन् २०१९, सन् २०२० र सन् २०२१ मा आईपीएलको प्ले–अफ चरणसम्म पुगेको थियो । सन् २०२० मा भने पोन्टिङको प्रशिक्षकत्वमा दिल्ली फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा दिल्लीलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराएको थियो ।
अघिल्लो सिजन पनि दिल्ली पोन्टिङकै प्रशिक्षकत्वमा रहेको थियो । तर, अघिल्लो संस्करणमा दिल्ली निराशाजनक प्रदर्शन गर्दै नवौँ स्थानमा रहेको थियो । अघिल्लो सिजनमा भने पोन्टिङ प्रशिक्षक प्रशिक्षकको भूमिकामा पञ्जाबमा आबद्ध हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रशिक्षक बन्ने विषयमा पोन्टिङले पञ्जाबसँग छलफल पनि गरिसकेको समाचारमा जनाइएको छ । यद्यपि, पन्जाब किङ्स र पोन्टिङले भने हालसम्म औपचारिक रूपमा केही बताएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण