लेबनानमा पेजर विस्फोटमा मर्नेको सङ्ख्या १२ पुग्यो
बुधबार, ०२ असोज २०८१, १९ : १९
बेरुत । लेबनानमा पेजर विस्फोटका घटनाहरूमा परेर मर्नेको सङ्ख्या १२ पुगेको छ । मर्नेमा २ जना बालबालिका समेत रहेका छन् ।
यीमध्ये एक जना ८ वर्षीय बालिका र अर्को चाहिँ ११ वर्षको बालक भएको बताइएको छ । घाइतेमध्ये अधिकांश बेरुत क्षेत्र आसपासका हुन् ।
लेबनानी स्वास्थ्य मन्त्री अबियादले बताएअनुसार दक्षिण लेबनानमा ७५० जना घाइते भएका छन् । अरू १ हजार ७५० जना बेरुत क्षेत्रमा घाइते भएका हुन् । घाइते मध्ये १० प्रतिशतको अवस्था निकै गम्भीर रहेको र केहीको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।
कयौँको अनुहारमा चोट लागेकोले भेन्टिलेटरमै राख्नु पर्ने स्थिति छ । यी विस्फोटका घटनाका घाइतेहरूलाई सय वटा अस्पतालमा राखिएको छ । विशेष उपचारका लागि केही घाइतेलाई विदेश नै पठाउनु परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण