लेबनानमा सयौँ पेजर विस्फोट भएको भोलिपल्टै कयौँ ‘वाकीटकी’ एकसाथ विस्फोट
काठमाडौँ । लेबनानको राजधानी बेरुतमा पेजर विस्फोट भएको भोलिपल्टै कयौँ ‘वाकीटकी’ (सञ्चारका लागि प्रयोग हुने साधन) विस्फोट भएको छ ।
समाचार एजेन्सीहरूका अनुसार हिजबुल्लाह लडाकुले प्रयोग गर्दै आएको वाकीटकीमा एकसाथ विस्फोट भएको हो । विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ । विस्फोटबाट एक सय जनाभन्दा बढी घाइते भएका छन् ।
लेबनानको सरकारी समाचार एजेन्सी ‘एनएनए’ का अनुसार दक्षिणी बेका भ्यालीको सोहमर सहरमा वाकीटकी विस्फोटबाट तीन जनाको मृत्यु भएको हो ।
विभिन्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाए अनुसार बुधबार विस्फोट भएका वाकीटकी करिब पाँच महिना अघि खरिद गरिएको थियो । सोही समयमा खरिद गरिएका पेजर मंगलबार विस्फोट भएका थिए ।
बुधबार केही पुराना पेजरमा पनि विस्फोट भएको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ ।
मंगलबार भएको पेजर विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । एक साथ कयौँ पेजरमा विस्फोट भएको थियो । विस्फोटबाट घाइते हुनेको संख्या सयौँ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण