चामल निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै भारत
नयाँ दिल्ली । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबारे पुनर्विचार गर्ने भएको छ ।
गहुँको पिठो निर्यातमा लगाएको शुल्क खारेज गरेको कयौं दिनपछि भारतले गैरबासमती चामलको निर्यातमा लगाएको सीमा खुकुलो बनाउनेबारे छलफल थालेको हो । ब्लुम्बर्ग न्यूजले बुधबार भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धबारे पुनर्विचार गर्न लागेको उल्लेख गरेको छ । भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो ।
घरेलुस्तरमा मूल्य बढ्न थालेपछि एक वर्षभन्दा बढी समयदेखि त्यहाँको सरकारले विदेशी बजारमा चामलको विक्री सीमित बनाएको छ । अक्टोबरमा नयाँ धान काटिनु अघि देशभर मौज्दातमा रहेको धान सकाउन भारतले निर्यात प्रतिबन्ध खुकुलो बनाउने भनेर जुलाईमै ब्लुम्बर्ग न्यूजले समाचार छापेको थियो । यसपटक भारतमा कीर्तिमानीस्तरमा धान उत्पादन हुने अनुमान गरिएको छ ।
यस्तोमा घरेलु निर्यातकर्ताहरूले पनि सेतो चामलको निर्यातमा लगाएको रोक र उसिनेको चामलको निर्यातमा लगाएको २० प्रतिशत निर्यात महसुल हटाउन खोजिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण