अमेरिकामा फेडले घटायो ब्याजदर
वाशिङटन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । बुधबार सकिएको नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो ।
यो ब्याजदरमा गरिएको सन् २०२० को मार्चपछिको पहिलो कटौती थियो । योसँगै ब्याजदर ४ दशमलव ७५ प्रतिशत देखि ५ प्रतिशतका बीचमा रहेको छ ।
यस अघि फेडरले अमेरिकामा अनियन्त्रित बनेको महँगी दरमा नियन्त्रण गर्न सन् २०२२ को मार्च देखि सन् २०२३ को जुलाईबीच ११ पटक ब्याजदर बढाएको थियो । अघिल्लो बैठकमा फेडले ब्याजदर यथावत् राख्दै बाँकी अवधिमा ब्याजदर घटाउन सकिने सङ्केत गरेको थियो ।
फेडको ब्याजदर कटौतीसँगै विश्व शेयर बजार हरियालीमा आउने शेयर बजार विश्लेषकहरूको विश्वास छ । फेडको ब्याजदर कटौतीपछि अमेरिका सरकारले जारी गर्ने ऋणपत्रको ब्याजदर पनि घट्नेछ । यस्तोमा लगानीकर्ताहरूले आफ्नो पैसा ऋणपत्रमा लगाउनुको सट्टा शेयर बजारमा लगानी गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण